Comments Add Comment

क्रिप्टोकरेन्सीको बजार मूल्य २ ट्रिलियन डलर पुग्यो, बिटक्वाइनको मूल्य १० खर्ब नाघ्यो

डिजिटल क्रिप्टोकरेन्सीको बजार मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । डाटा एण्ड मार्केट ट्रयाकर क्वाइन गेको एण्ड ब्लाकफोलियोका अनुसार सोमबार विश्व बजारमा क्रिप्टोकरेन्सीको कूल बजार मूल्य २० खर्ब डलर पुगेको हो ।

पछिल्ला महिनाहरुमा क्रिप्टोकरेन्सीको मूल्यमा बढोत्तरी भैरहँदा संस्थागत तथा खुद्रा लगानीकर्ताहरुबाट समेत क्रिप्टोकरेन्सीको माग बढिरहेको छ ।

सोमबार दिउँसो क्रिप्टो मार्केट २० खर्ब २ अर्ब डलर पुगेको थियो ।

क्रिप्टोकरेन्सीको कूल बजार मूल्यमा भएको बढोत्तरीमा बिटक्वाइनको भूमिका ससक्त देखिएको छ ।

बिटक्वाइनको बजार मूल्य १० खर्ब १० अर्ब डलर पुगेको छ । सोमबार बिटक्वाइनको मूल्य प्रति बिटक्वाइन ५९ हजार ४५ डलर पुगेको थियो ।

त्यस्तै दोश्रो महँगो क्रिप्टोकरेन्सीको रुपमा रहेको इथेरियमको मूल्य प्रति एकाइ २ हजार १०३ डलर पुगेको छ । जसअनुसार इथेरियमको बजार मूल्य २ खर्ब ४४ अर्ब छ ।

पछिल्लो एक वर्षमा बिटक्वाइनको मूल्य १ सय प्रतिशतले बढेको छ भने इथेरियमको मूल्य १९० प्रतिशतले बढेको छ ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment