Comments Add Comment

माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु

२५ चैत, रुपन्देही । माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  शुद्धोधन गाउँपालिका-५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरी रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको सोही गाउँपालिका-२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।  प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment