+
+
Shares

मिसेज श्रीलंकाको मञ्चमै विवाद, विजेताको प्रतियोगी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २५ गते १३:५७

२५ चैत, काठमाडौं । श्रीलंकामा आइतबार भएको सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ को मञ्चमा नै विवाद भएको छ । विवादपछि प्रतियोगिताको ताज खोसाखोस हुँदा विजेता पुष्पिका डी सिल्भाको टाउकोमा चोट लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार राति आयोजना गरिएको प्रतियोगितामा आयोजकले डी सिल्भालाई विजेता घोषणा गरे । तर, केही समयपछि सन् २०१९ की विजेता क्यारलाइन जुरीले डी सिल्भाको सम्बन्ध-विच्छेद भइसकेको भन्दै ताज खोसिन् र प्रतियोगिताकी उपविजेतालाई लगाइदिइन् । यो उपाधि सम्बन्ध-विच्छेद नभएकी विवाहित महिलाले मात्र पाउने उनको दाबी थियो ।

अहिले उक्त पुरस्कार डी सिल्भालाई नै फिर्ता दिइएको आयोजकले बताएको छ । आयोजकले उनको सम्बन्ध-विच्छेद नभएको पनि स्पष्ट पारेको छ । आयोजकले भने यो घटनामा डी सिल्भासँग माफी मागेको छ । उनी आफ्ना पतिसँग छुट्टिएर बसेको भएपनि सम्बन्ध-विच्छेद भने नभएको आयोजकले बताएको छ । आयोजकले जुरीले गरेको व्यवहार अपमानजनक भएको भन्दै दुःख व्यक्त गरेकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् डी सिल्भाले उक्त घटनामा आफ्नो टाउकोमा चोट लागेको र त्यसको उपचारको लागि अस्पताल गएको बताएकी छन् । उनले आफूमाथि भएको अनुचित तथा अपमानजनक व्यवहारविरुद्ध कानूनी कदम चाल्नेसमेत बताएकी छन् । प्रहरीले पूर्वविजेता जुरीसँग उक्त घटनाबारे थप सोधपुछ गरिरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?