+
+
Shares

बाल संगठनका पदाधिकारीको सदाचारमा संसदीय समितिले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २५ गते १७:३४

२५ चैत, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको देशभरका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ ।

समितिले नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि संगठनका पदाधिकारीहरुको सदाचारितामा खोट देखाएको हो । समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्ला तहसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैंसँग चल–अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको समितिले निष्कर्ष निकालेको छ ।

बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाउने बताइन् ।

समितिले पास गरेको प्रतिवेदनमा बाल संगठनको चल–अचल सम्पत्तिको तथ्यांक राख्ने, दुराशयपूर्ण सम्झौताहरुलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ ।

यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?