+
+
Shares

बजेट र योजना बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

रासस रासस
२०७७ चैत २५ गते २०:११

२५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान रुपमा बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएका विभिन्न प्रश्नको बुधबार स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई ५० लाख उपलब्ध गराएको बताए ।

उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले हेटौंडाबाट संघीय राजधानी काठमाडौंलगायत प्रदेशका विभिन्न जिल्लाका शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए ।

उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौंलगायत १० शहरमा ५० विद्युत चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले बोलपत्र आह्वान गरिसकेको र केही महिनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताए ।

आगामी आर्थिक वर्ष २०७८/७९ को भदौ महिनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्री पौडेलले बताए ।

मुख्यमन्त्री पौडेलले सरकारले विभिन्न जिल्लाका अस्पतालको स्तरोन्नति गरी दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?