Comments Add Comment

पत्रकार महासंघ धनुषा र कास्कीको नेतृत्वमा महिला

२६ चैत, काठमाडौं । पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा ५० मत र कास्कीमा विमला भण्डारी १७४ मत ल्‍याएर महासंघको जिल्ला शाखा अध्‍यक्षमा विजयी भएका हुन् ।

मनिकाले  पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्‍यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

यस्तै कास्कीकी विमला भण्डारी महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् ।

उनको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी भएकी छिन् । सचिवमा माधव बराल, सह-सचिव खुलातर्फ श्रीराम सिग्देल, सह-सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषाध्यक्षमा एकराज गिरी विजय भएका छन् । ३१२ मतदाता भएको कास्कीमा ३०५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment