+
+
Shares

गणेशमान सिंहको जीवनमाथि लेखिएको पुस्तक सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १७:५७

२६ चैत, काठमाडौं । सर्वमान्य नेता गणेशमान सिंहको बारेमा उनकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘गणेशमान सिंहको संस्मरण’ बजारमा आउने भएको छ ।

पुस्तकले नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षको बारेमा नयाँ पुस्तालाई समग्र जानकारी दिने डा. मीता सिंहले बताएकी छिन् ।

उनी भन्छिन्, ‘पुस्तकले प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संघर्ष वर्णन गर्दछ । यो पुस्तक पढिसक्दा विशेष गरेर युवापुस्ताले प्रजातन्त्रका आधारभूत मूल्य मान्यता बुझ्नेछन् र राजनीतिमाथि आम जनताको अपेक्षा निराशामा परिणत भएको यो समयमा फेरि आशाको गति दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

पुस्तकमा गणेशमानका जीवनका नखुलेका पाटा तथा घटनाहरू पनि राखिएका छन् । पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित हुने प्रकाशन संस्था ‘सांग्रिला बुक्स’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?