 
																			२७ चैत, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा डोजर लगाएर सुकुम्बासी बस्तीको घर भत्काइएको छ । सरकारी जग्गा अतिक्रमण गरेर बसेको भन्दै दमक नगरपालिकाले डोजर चलाएको हो ।
दमकका मेयर रोमनाथ ओलीले अटेरी गरेर बसेका व्यक्तिका घरलाई डोजर लगाइएर भत्काइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिलेसम्म २० वटा घर भत्किएको छ ।’ त्यसक्रममा स्थानीयले विरोध गर्न सक्ने भन्दै व्यापक प्रहरी परिचालन समेत गरिएको छ ।
रतुवाखोलाको बाढीका कारण विस्थापित परिवार त्यसक्षेत्रमा बस्दै आएका थिए । प्रशासनले उक्त जग्गा खाली गर्न भन्दै लिखित तथा मौखिक निर्देशन दिदै आएको थियो । डोजर लगाइएको स्थानमा व्यापारिक केन्द्र बनाउने सरकारी तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4