Comments Add Comment

थप २८८ जनामा कोरोना संक्रमण

एन्टिजेन परीक्षणमा थप ५२ जनाको नतिजा पोजेटिभ

२७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ ।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २१८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment