
मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङ ।
२७ चैत, काठमाडौं । सरकारले तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको नागरिकतामा नाम र लिंग परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्वीकृति दिएको छ ।
चैत २३ गते बसेको मन्त्रिपरिषद बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा लिंग अन्य कायम भई जारी भएको नागरिकताको विवरण संशोधन गरी नाम भूमिका श्रेष्ठ र लिंग महिला कायम गरी प्रतिलिपी दिन प्रशासन कार्यालयलाई स्वीकृति दिएको हो ।
समलिंगी तेस्रोलिंगी अधिकारकर्मीसमेत रहेकी भूमिकाले नागरिकतामा रहेको आफ्नो नाम र लिंग संशोधन गरी प्रतिलिपी दिन प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4