Comments Add Comment

कालिमाटीमा खुल्दै ‘वान सिनेमाज्’, बाँनेश्वरमा थपियो एक पर्दा

कोभिडका कारण चलचित्र भवनहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । मोसफलका केही सिंगल पर्दाहरु त सधैका लागि बन्द भएको चलचित्र संघले जनाएको छ । कोभिडको दोश्रो लहरका कारण फेरि हलहरु नराम्रोसँग थला पर्ने अवस्थामा पुगेका छन् । विस्तारै चलमलाउँदै गरेको चलचित्र क्षेत्र फेरि अन्यौलमा पुगेको छ । विदेशी र नेपाली चलचित्रहरु रिलिज नहुँदा हलहरु खुल्नका लागि मात्र खुलिरहेका छन् ।

तर, यही समयलाई केही हल संचालकहरुले भने सदुपयोग गरिरहेका छन् । काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण मुभिजको ४ पर्दा भत्काएर मल बनाउने काम तिव्र गतीमा चलिरहेको छ ।

यसैविच, काठमाण्डौको नयाँ बानेश्वर ‘वान सिनेमाज्’ नाममा हल संचालन गरिरहेको टिमले नयाँ पर्दा थपेको छ । नयाँ बाँनेश्वरको आइप्लेक्स मलमा अवस्थित ‘वान सिनेमाज्’मा यसअघि २ पर्दा थियो । तर, अब एक पर्दा थपिएको छ । दर्शक अब ३ वटा पर्दामा मन परेको चलचित्र हेर्न पाउनेछन् ।

यस्तै, ‘वान सिनेमाज्’ले काठमाण्डौको कालिमाटीमा २ पर्दा सहितको हल संचालन गर्ने तयारी गरेको छ । कालिमाटी ट्रेड सेन्टरमा ‘वान सिनेमाज्’को २ पर्दा सहितको हलको निर्माण कार्य चलिरहेको छ । साउनसम्ममा यो हल संचालन गर्ने तयारी गरिएको छ ।

यस्तै, ‘वान सिनेमाज्’ले भैरहवा र नेपालगञ्जमा पनि हल संचालन गर्ने तयारी गरेको छ । दुबै स्थानमा २–२ पर्दाका हल संचालनमा ल्याइने वान सिनेमाज्का प्रमुख प्रज्ज्वल शमशेर जबराले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment