+
+
Shares

चितवनमा एक महिनाकाे अवधिमा १७१ फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १२:२३

२८ चैत, चितवन । चितवनमा चैत महिनामा ठूलो संख्यामा फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत चितवनसमक्ष पेश गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सार्वजनिक अपराध, लागूऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज सम्बन्धी अपराध, हातहतियार तथा खरखजना, कुटपिट र कालोबजारी लगायतका मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरिएको थापाले बताए ।

उनीहरुबाट १८ वर्ष ३ महिना ५ दिन कैद र ७ लाख ७५ हजार जरिवाना असुल गरिएको प्रवक्ता थापाले बताए । थापाका अनुसार विगत २३ वर्षदेखि फरार रहेकाहरुलाई समेत पक्राउ गरिएको छ । चालु आर्थिक वर्षमा मात्रै विभिन्न मुद्दाका ३८६ फरार प्रतिवादीहरु पक्राउ गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?