+
+
Shares

अलिबाबालाई चीनमा दुई अर्ब ७५ करोड डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १२:३३

२९ चैत, काठमाडौं । चिनियाँ नियामकले ई–कमर्स कम्पनी अलिबाबालाई दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरेको छ । अलिबाबाले लामो समयसम्म प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भन्दै नियामकले जरिवानाको निर्णय गरेको हो ।

नियामकका अनुसार अलिबाबाले अन्य प्लेटफर्मका बिक्रेतालाई आफ्नो प्लेटफर्ममा आउनबाट रोक लगाएको थियो । जसका कारण उनीहरुले अलिबाबाका अन्य बिक्रेतासँग प्रतिस्पर्धा गर्न पाएका थिएनन् । अलिबाबा कम्पनीले एक विज्ञप्ति जारी गर्दै नियामकले गरेको यो निर्णय स्वीकार गर्ने र प्रतिस्पर्धाको लागि आवश्यक नियम पालना गर्ने बताएको छ ।

अलिबाबामाथिको जरिवानालाई चीनले इन्टरनेट प्लेटफर्मलाई नियन्त्रणमा ल्याउन चालिएको महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । पछिल्लो समय इन्टरनेट कम्पनीहरु अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेसँगै चीनले इन्टरनेट कम्पनीमाथि नियन्त्रण बढाउन शुरु गरेको हो ।

गत महिना चिनियाँ नियामकले १२ कम्पनीलाई प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भन्दै जरिवाना गरेको थियो । जसमा टेन्सेन्ट, बैदू, डिडि चुछिङ, सफ्टबैंक र बाइटडान्सको एक कम्पनी पनि थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?