+
+

कांग्रेस एक ढिक्का हुनुको विकल्प छैन : महामन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १८:४९

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस रत्ननगर नगर समितिले आज चितवनको रत्ननगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताए । ‘आ–आफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ’ उनले भने ।

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । अर्को प्रसंगमा कोइरालाले नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?