Comments Add Comment

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

३० चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment