
३० चैत, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ वर्ष लक्षित अफर सार्वजनिक गरेको छ । जस अनुसार निकै सस्तो मूल्यमा विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने भएको छ ।
एयरलाइन्सले आफ्नो मोबाइल एप्सबाट टिकट खरिद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकट किन्न सकिने बताएको छ ।
एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार अफर तीन दिनका लागि खुला गरिएको हो ।
नयाँ अफरसँगै यात्रुले एकतर्फी रुपमा काठमाडौं–पोखरा रु. एक हजार ५७८, काठमाडौं–भैरहवा रु. एक हजार ६७८, काठमाडौं–विराटनगर रु. दुई हजार ७८, काठमाडौं–भद्रपुर रु. दुई हजार ३७८ र काठमाडौं–नेपालगञ्ज रु. दुई हजार ९७८ हवाई भाडा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4