Comments Add Comment

‘आतंकवादी गतिविधि’बाट इरानको भूमिगत परमाणु केन्द्रमा क्षति

३० चैत, काठमाडौं । इरानका एक वरिष्ठ अधिकारीले इरानको भूमिगत नतान्ज परमाणु केन्द्रमा ‘आतंकवादी गतिविधि’को कारण क्षति पुगेको बताएका छन् । इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रमुख अली अकबर सलेहीले आइतबार यस्तो जानकारी दिएका हुन् ।

एकदिनअघि मात्र इरानले यूरेनियम अझै तीव्र गतिमा संवर्द्धन गर्न सक्ने सेन्ट्रिफ्युज सञ्चालन गरेको थियो । न्युक्लियर केन्द्रमा क्षति पुर्‍याउनुमा कसको हात छ भन्नेबारे सलेहीले कुनै जानकारी दिएका छैनन् । यद्यपि, उनले अन्तर्राष्ट्रिय समुदायसँग ‘परमाणु आतंकवाद’विरुद्ध लड्न आग्रह गरेका छन् ।

इजरायलको सञ्चारमाध्यमले परमाणु केन्द्रमा क्षति पुग्नु इजरायली साइबर आक्रमणको नतिजा भएको बताएका छन् । इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।यद्यपि, उसले पछिल्ला केही दिनयता भने इरानको परमाणु कार्यक्रमको विषयमा चेतावनी दिँदै आएको थियो ।

गतवर्ष पनि इरानको सोही परमाणु केन्द्रमा आगो लागेको थियो । इरानी अधिकारीहरुले उक्त घटनालाई साइबर आक्रमणको नतिजा भएको बताएका थिए ।

सलेहीले यो घटना गराउनेलाई जवाफी कारबाहीको अधिकार इरानसँग रहेको बताएका छन् । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले उक्त घटनाप्रति जानकार रहेको तर यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताएको छ ।

हाल इरान र अमेरिकाबीच सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्किने विषयमा छलफल भइरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment