+
+
Shares

गुगलका सेवाहरु संसारभर अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते ९:२१

इन्टरनेट जाएन्ट गुगलका विभिन्न सेवाहरु सोमबार विश्वका विभिन्न भागमा अवरुद्ध बने । गगल डक्ससँगै गुगल ड्राइभ, गुगल शिट्स र गुगल स्लाइड्समा समस्या देखा परेको हो ।

डाउनडिटेक्टरका अनुसार सोमबार बिहानदेखि गुगलका डक्स तथा ड्राइभ लगायतका सेवाहरु अवरुद्ध बनेका थिए र राति अबेरसम्म समस्याको पूर्ण समाधान भैसकेको थिएन । त्यस विषयमा प्रयोगकर्ताहरुले निरन्तर गुनासो पोखिरहेका थिए ।

एसियासँगै अमेरिका र युरोपका गुगल प्रयोगकर्ताहरुले पनि गुगलका उल्लेखित सेवाहरु प्रयोग गर्न कठीनाई उत्पन्न भएको गुनासो गरिरहेका थिए ।

प्रयोगकर्ताको गुनसो पश्चात् गुगलले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत् आफू गुगलका सेवाहरुमा उत्पन्न अवरोधप्रति जानकार रहेको भन्दै समस्या समाधानका लागि काम गरिरहेको जनाएको थियो । साथै उसले असुविधाका लागि क्षमा मागेको थियो ।

अन्ततः गुगलले समस्या समाधान गरेको र अवरुद्ध भएका सेवाहरु पूर्ववतरुपमा सूचारु भएका जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?