
३१ चैत, सप्तरी । सप्तरीमा भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा-३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा भैंसीले घिसार्दा उनको टाउको, अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4