+
+
Shares

नक्कली बैना कागज बनाएर ५० लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १३:०५

३१ चैत, काठमाडौं । नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय सकुल शाही ठकुरीलाई शनिबार दिउँसो काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले नागार्जुन नगरपालिका–६ मा रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाएर पीडितको ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?