+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

हवाई उडान अहिले पनि सुरक्षित छ, तर मापदण्ड पालना गरौं : बुद्ध एयर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १४:०८

३१ चैत, काठमाडौं । बढ्दो कोभिड–१९ को दोस्रो चरणको संक्रमणका बीच हवाई उडान सुरक्षित रहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बताएको छ । उडानका दौरान मास्क, सेनिटाइजरको प्रयोग तथा सामाजिक दुरीलाई अनिवार्य पालना गरी सेवा प्रदान गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड अझै केही समय अनिवार्य पालना पालना गर्नुको विकल्प नभएको उनले बताए । आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत रहेको भन्दै उनले कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरिएको समेत बताए ।

‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं,’ उनलाई उदृत गर्दै बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएको छौं ।’ उनका अनुसार हवाई उडानमा हरेक उडानका यात्रुको विवरण राखिएको र सरोकारवाला निकायलाई आवश्यक गर्दा दिन सकिने उनको भनाइ छ । बुद्ध एयरका सबै कर्मचारीले करोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेको र दोस्रो डोज वैशाख १० भित्र लगाइसक्ने भन्दै उनले यसले उडान सुरक्षामा अझ बढी योगदान पुग्ने बताए ।

हवाई उडान पुनः सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स–साना पसलदेखि ठूलठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । सोहीकारण उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न बुद्ध एयर पुनः अनुरोध गरेको छ । संक्रमणरहित यात्रालाई निरन्तरता दिइनु पर्ने र लकडाउनसहितका प्रतिवन्ध भने अब अर्थतन्त्रले नथेग्ने समेत बुद्ध एयरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?