Comments Add Comment

शम्भुजितको फिल्ममा पुष्पलाई अफर

संगीतकार शम्भुजित बाँस्कोटा नयाँ चलचित्र निर्माणमा जुटेका छन् । शम्भुजितकै कथा रहेको चलचित्रको छायांकन असारबाट सुरु हुने वुझिएको छ । शम्भुजितले यसअघि चलचित्र ‘चौका दाउ’ निर्माण गरेका थिए । यो चलचित्रको छायांकन सोलुखुम्बुको सगरमाथा आधार शिविरमा हुने वुझिएको छ ।

चलचित्रका लागि नायक पुष्प खड्कालाई अफर गरिएको छ । पुष्प र शम्भुजितविच एक चरणमा कुरा भैसकेपनि संझौता भने भैनसकेको वुझिएको छ ।

नायक पुष्प खड्का चलचित्र ‘कृष्ण लीला र तिम्रो मेरो साथ’को छायांकन सकेर बसेका छन् । उनको चलचित्र क्षेत्रमा निकै राम्रो माग छ । पुष्पले केही चलचित्रमा कुरा भएपनि काम भने गरेनन् । वुझिएअनुसार, पुष्प शम्भुजितको चलचित्रमा काम गर्ने सोचमा छन् ।

चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । चलचित्रको कथावस्तुले सोलुखुम्बुका बासिन्दा र त्यहाँको परिवेशको कथा भन्ने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment