+
+
Shares

चीनको दुई दर्जनभन्दा बढी लडाकू विमान ताइवानको हवाइ सीमामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १५:१९

३१ चैत, काठमाडौँ । चीनको दुई दर्जनभन्दा बढी लडाकू विमान ताइवानको हवाइ सीमामा प्रवेश गरेको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार सोमबार ताइवानको एयर डिफेन्स आइडेन्टीफिकेशन जोनमा २५ विमान प्रवेश गरेको छ। जसमा लडाकू विमान समेत रहेको थियो।

पछिल्लो एक वर्षमा चीनले यसलाई सबैभन्दा ठूलो अतिकक्रमण भन्‍दै आएको छ भने अमेरिकाले लगातार रुपमा चेतावनी दिँदै आएको थियो ।

चीनले ताइवानलाई आफ्नो वान चाइना पोलिसी अन्तर्गत आफ्नो हिस्सा मान्‍दै आएको छ । तर ताइवानले भने आफू उक सम्प्रभूता सम्पन्‍न मुलुक भएको दाबी गर्दै आएको छ ।

ताइवानका रक्षा मन्त्रालयले चिनियाँ लडाकू विमानलाई चुनौती दिनका लागि एउटा लडाकू विमान पठाएको छ जहाँ मिसाइल सिष्टम समेत जडान गरिएको छ ।

चीनले यो महिनामा दक्षिण चीन सागरको दक्षिणी ताइवान तथा ताइवान नियन्त्रित प्रतास द्वीपमा आफ्नो विमान पठाएँदै आएको छ ।

सोमबार पनि चीनको विमानले एयर डिफेन्स आइडेन्टिफिकेशन जोनदेखि प्रतास द्वीपको दक्षिण पश्चिम ताइवानसम्‍म उडान भरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?