+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खोलामा डुबेर दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १५:२९

३१ चैत, गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

मृत्यु हुनेहरुमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको पाण्डेले बताए । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा एक्कासि पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको क्रममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेयले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?