
३१ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराइदिने भन्दै घुससहित पक्राउ परेपछि अख्तियारले जोशीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार विशेष अदालमा मंगलबार मुद्दा दायर गरेको हो ।
आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जोशीलाई सेवाग्राहीबाट २४ हजार घुससहित पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4