Comments Add Comment

सामान किन्न गएकी किशोरी ३ दिनदेखि सम्पर्कविहीन

३१ चैत, मोरङ । मोरङको विराटनगरमासमान किन्न बजार गएकी एक किशोरी ३ दिनदेखि सम्पर्कविहीन भएकी छन् । विराटनगर महानगरपालिका–१२ कि १४ वर्षीया मञ्जुरी उपाध्याय आइतबार साँझदेखि सम्पर्कमा नभएको परिवारका सदस्यले बताएका छन् ।

आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा अमृताले बताइन् । उनी स्टार बोर्डिङ स्कुलमा कक्षा नौमा अध्ययनरत छिन् ।

‘पौने चार बजेतिर पूजाको सामान किन्न नजिकैको पसलमा पठाएकी थिएँ । ५ बज्दा पनि नआएपछि म खोज्न गएँ,’ अमृताले भनिन्, ‘पसलमा बुझ्दा सामान किनेको रहेछ । तर, घर आइनन् ।’

उनका साथी, आफन्तलगायत सबैतिर बुझेको तर कहीँ पत्ता नलागेको उनले बताइन् । बिहानसम्म पनि छोरी घर नफर्किएपछि सोमबार बिहानै प्रहरीमा उजुरी दिएको अमृताले बताइन् ।

‘बिहानै प्रहरीमा उजुरी दिएका छौँ, तर अहिलेसम्म छोरी आएकी छैनन्, परिवार सबै चिन्तामा छौँ,’ अमृताले भनिन् ।

हराएको सूचना आएपछि खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । सूचना आएलगत्तै प्रहरी युनिटहरुलाई अलर्ट राखेर खोजी गर्न छुट्टै टोली परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment