+
+
Shares

मंगलबारसम्म ४९२ जनाले लिए हिमाल आरोहण अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १८:३०
फाइल तस्वीर

३१ चैत, काठमाडौं । नेपालमा वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या ४९२ पुगेको छ । पर्यटन विभागका अनुसार यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि अनुमति जारी भएको छ । सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिइसकेका छन् । यो संख्या मंगलबारसम्मको हो । सन् २०१९ यता पहिलो पटक आरोहणमा उत्साहजनक रुपमा आरोही देखिएका छन् । सन् २०२० को आरोहण सिजन भने कोरोना महामारीका कारण रद्द भएको थियो । सगरमाथापछि ल्होत्से, अन्नपूर्ण र धौलागिरिमा बढी आरोही जानेछन् ।

तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा ४४ र धौलागिरि आरोहण गर्न ३० जनाले अनुमति लिएका छन् । अमादब्लममा भने २ समूहका २७ जना आरोही जाने छन् । मनास्लुमा एक जनाले अनुमति लिएका छन् । मकालुमा एक समूहका ८ जना जाने छन् । नुप्त्सेमा ३ समूहका २३ जनाले आरोहण अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पुमरीमा ५ जना, टुकुचेमा १ जना र तिलिचोमा ८ जनाले अनुमति लिएका छन् ।

मंगलबारसम्म जारी भएका आरोहण अनुमतिबाट कुल ४० करोड १६ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?