+
+
Shares

जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं : राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १८:४७

३१ चैत, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् ।

मंगलबार जनकपुरधाममा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं।तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं ।’

नेता महतोले सत्ता समीकरणको विषयमा आफ्नो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने समेत बताए । ‘पहिला आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं, नभएमा विकल्पको खोजी गर्छौं ।’

उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने एजेण्डा कांग्रेसकै भएको बताए। ‘कांग्रेसको एजेन्डामा हामीले काम गर्नुपर्छ भन्ने छैन’ उनले भने, ‘हामी आफ्नो एजेन्डालाई अगाडि बढाउँछौँ।’

नेता महतोले आफूहरुको मुद्दा सम्बोधन गर्दै माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार रहेको बताए । उनले भने, ‘माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार छौं, नभए विकल्प खोज्छौं।’

कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, बन्दीको रिहा, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता प्रमुख माग रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?