+
+
Shares

अफगानिस्तानबाट सैनिक फिर्ताको घोषणा गर्ने अमेरिकाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते ८:२८

१ वैशाख, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ । राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ ।

यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति सम्मेलनमा अफगानिस्तानको सरकार र तालिबान सहभागी हुने खबर आएलगत्तै राष्ट्रपति बाइडनले सेना फिर्ताको घोषणा गर्न लागेका हुन् ।

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्ने सम्झौता भएको थियो । तर सम्झौताअनुसार हिंसा रोक्ने बाचा तालिबानले पूरा नगरेको भन्दै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएका छैनन् ।

अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा खटाइएका आफ्ना सैनिकका लागि अमेरिकाले खर्बौं डलर खर्च गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?