+
+
Shares

आमा बन्दै गरिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते ११:१९

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् ।

उनै, गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर पोष्ट गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो क्रेज बनाएकी यी सुन्दर नायिका पछिल्लो केही बर्षदेखि नेपाली चलचित्रबाट टाढा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?