Comments Add Comment

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

१ वैशाख, विराटनगर । टिपरको ठक्करबाट मोरङको सुन्दरहरैचामा एकजना वृद्धाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान पैदलयात्री ७५ वर्षीया वृद्धा मैयादेवी प्रधानको मृत्यु भएको हो

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र-१ -०२-००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनाको विरोधमा स्थानीयले करीब  एक घण्टा सडक अवरुद्ध बनाएका थिए ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ गइरहेको टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका- ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व-पश्चिम लोकमार्ग करीब एकघण्टा अवरुद्ध बनाएका थिए । प्रहरीले लापरवाही गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले अवरुद्ध गरेको सडक खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment