Comments Add Comment

म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा

१ वैशाख, काठमाडौं । म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आएको छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्ने कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकले अद्भूत खाना र इम्पेकेबल सेवाको अनुभव लिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ताहिना टेरेसबाट सूर्यास्तसँगै रमणीय प्राकृतिक दृश्य देख्न सकिन्छ । रेस्टुरेन्टमा पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर, रमाइलो बारबेक्यु र कबाबलगायत अन्य स्वादिलो खानाको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

फ्यासनेबल सेटिंग्स लाइब्ली इनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment