Comments Add Comment

प्रविधि कम्पनीहरुमाथि चिनियाँ कदम, जोगिने उपाय खोज्दै टेस्ला

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनको मन जित्ने प्रयास गरिरहेको छ ।

गत हप्ता टेस्लाका एक कार्यकारीले चिनिया अधिकारीसँगको कुराकानीमा यो प्रष्ट पारेका छन् कि टेस्लाले संकलन गर्ने चिनियाँ उपभोक्ताका डाटाहरु चीनको सिमानाभित्रै भण्डारण गरिनेछ ।

टेस्ला चाइनाका अन्तराष्ट्रिय मामिला उपाध्यक्ष ग्रेस ताओ लिनले चिनियाँ अधिकारीहरुसँगको कुराकानीमा टेस्लाद्वारा चीनमा संकलित डाटा देश बाहिर नलगिने प्रष्ट पारेका चिनियाँ सरकारी सञ्चार माध्यमको भनाइ छ ।

टेस्लाका कारमा राखिएका क्यामराहरु जासुसीका लागि प्रयोग गरिएको आरोपमा चिनियाँ सेनाले टेस्लाका गाडीहरुलाई सैनिक कार्यालयको आसपासमा गुड्नमा प्रतिबन्ध लगाएको भन्ने समाचार सार्वजनिक भएसँगै टेस्लाको यस्तो प्रतिबद्धता बाहिर आएको हो ।

टेस्लाले पछिल्लो समयमा आफ्नो कारमा देखिएका विभिन्न प्राविधिक समस्याहरुका कारण पनि आलोचना खेप्दै आएको छ ।

सांघाइस्थित कारखानाबाट उत्पादिन कारको गुणस्तरको विषयमा जवाफ दिन गत फेब्रुअरीमा नियामक निकायले टेस्लालाई बोलाएको थियो ।

पछिल्लो समय चीनले आफ्नो देशभित्र रहेका ठूला प्रविधि कम्पनीहरुमाथि सख्त नीति अख्तियार गर्न थालेको छ ।

त्यसका लागि प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग रोक्ने कदमलाई चीनले माध्यम बनाएको बताइएको छ ।

हालैमात्र चीनले एकाधिकार कायम गर्ने क्रियाकलाप गरेको भन्दै चिनियाँ कम्पनी अलिबाबामाथि २ अर्ब ८० करोड डलर जरिवाना गरेको छ । साथै चीनले अलिबाबाको स्वामित्वको वित्तिय कम्पनी एन्ट ग्रुपमाथि चिनिया केन्द्रीय बैंकका सख्त नियमहरु लागू गरेको छ र प्रयोगकर्ताका व्यक्तिगत विवरणहरुको सुरक्षालाई मजबुत बनाउने बताएको छ ।

टेस्ला सीईओ एलन मस्कले चीनलाई आस्वस्त पार्ने कोसिस गरिरहेका छन् कि टेस्लाले चिनिया काननको विपरीत कुनै पनि गतिविधि गरिरहेको छैन ।

टेस्लाका कारहरु कहिल्यै पनि कुनै देशको जासुसीमा प्रयोग नगरिएको र भविष्यमा पनि नगरिने मस्कले प्रष्ट पारेका छन् ।
हालै चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तरवार्तामा उनले चीन सरकारको प्रसंसा गर्दै भविष्यमा टेस्लाका लागि चीन सबैभन्दा ठूलो बजार बन्ने पनि बताएका छन् ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment