+
+
Shares

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १२:३१
प्रतीकात्मक तस्वीर

२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?