Comments Add Comment

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

२ वैशाख, पोखरा । प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने निर्णय गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

उनीहरुले प्रदेशसभामा बिहीबार नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग गरेका छन् । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाका एक चौथाइ सदस्यले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

हेर्नुहोस् विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment