
नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’मा यो बर्ष तीन नेपाली चलचत्रिविच प्रतिस्पर्धा हुने भएको छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले यो महोत्सवको आयोजना गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार, ‘लाटकोसेरो, सरिता ११ बर्ष र आमा खान्डो’ले प्रतिस्पर्धामा सहभागीता जनाउने भएका छन् ।
यो महोत्सवका लागि विश्वका ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको पाठकले बताए । उनका अनुसार, आन्तरिक छनोटका आधारमा ३१ देशका ६३ चलचित्र छनोट गरिएको हो ।
तीन फिचर चलचित्र छानिएसँगै अब निफमा ६६ वटा चलचित्र प्रदर्शन गरिनेछ । छनोट भएका तीन चलचित्र मध्येबाट उत्कृष्ट चलचित्रले एक लाख नगद पुरस्कारसहित ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीको विधामा पनि ट्रफी प्राप्त गर्नेछन् ।
यो महोत्सव वैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।
प्रतिक्रिया 4