+
+
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्कबिना प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १९:५५

२ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमा मास्कको प्रयोग अनिवार्य गरेको छ । मास्कबिना विमानस्थल परिसरमा प्रवेश निषेध गर्ने भन्दै कार्यालयले सूचना जारी गरेको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

‘नो मास्क, नो इन्ट्री’ शीर्षकमा जारी गरिएको सूचनामा धेरै भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।

अन्तर्राष्ट्रिय यात्राका लागि प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पिसीआर रिपोर्ट देखाउनुपर्ने पनि भनिएको छ । टिकट भएका व्यक्ति बाहेक अन्यलाई गेट बाहिरैबाट गइदिन पनि कार्यालयले अनुरोध गरेको छ ।

पढ्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?