Comments Add Comment

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध

३ वैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाको छ ।

युरोपेली संघ, नेटो र बेलायतले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् ।

यद्यपि रुसले अमेरिकाले लगाएका आरोपहरु अस्वीकार गर्दै त्यसको प्रतिउत्तर दिने जनाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धको निर्णय खतरनाक भन्दै त्यसले तनाव बढाउने उल्लेख गरेको छ ।

यसअघि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष दिएर मार्न खोजेको आरोपमा अमेरिकाले सात जना रुसी अधिकारी र एक दर्जन बढी संस्थाहरुलाई पनि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment