Comments Add Comment

सर्वेक्षण भन्छ – युवाहरू शारीरिक सम्बन्धभन्दा अरू कुरामा चाख राख्छन्

श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई लामो समयसम्म कायक राख्नको लागि शारीरिक सम्बन्ध अनिवार्य हुन्छ भन्ने तर्कलाई अध्ययन खण्डन गरेको छ । स्टेट यूनिवर्सिटी अफ न्यूयोर्क र रटगर्स यूनिवर्सिटी अनुसन्धानकर्ताहरूद्वारा गरिएको सर्वेक्षणले सम्बन्धलाई सुमधुर बनाउनको लागि शारीरिक सम्बन्धभन्दा दम्पतीहरू एक अर्कामा धेरै समय बिताउनु बढी प्रभावकारी रहेको देखाएको छ । तर अहिलेको प्रविधिका कारण युवाहरू यस्तो प्रभावकारी समय अनावश्यक काममा खर्च गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

आजको डिजिटल दुनियाँमा व्यक्तिहरू इलेक्ट्रोनिक्स ग्याजेटहरू, मोबाइल, कम्प्युटर र भिडियो गेमहरूमा अभ्यस्त भइसकेका हुन्छन् । यसको सदुपयोग गर्दा यो एउटा बरदान हो भने यसको सदुपयोग गर्न नसक्दा यो अभिसाप पनि बन्न सक्छ ।

स्टेट युनिभर्सिटी अफ न्यु योर्क र रटर्स युनिवर्सिटीका अन्वेषकहरूद्वारा गरिएको उक्त सर्वेक्षणले युवापुस्तामा भिडियो गेमको लत यति धेरै लागेको छ कि उनीहरू त्यसको लागि ज्यान नै गुमाउन पनि पछि पर्दैनन् । करिब २००० युवा पुरुष र महिलाहरूको यस सर्वेक्षणमा के देखियो भने नन रोमान्टिक सेक्सुअल इन्काउन्टर ११‍.७ प्रतिशबाट बढेर १५.२ प्रतिशतसम्म भएको छ ।

टेलिग्राफमा प्रकाशित उक्त रिपोर्ट अनुसार १८ देखि २४ वर्ष उमेरका केटाहरूको लागि यो १८.९ प्रतिशतबाट बढेर ३०.९ प्रतिशत पुगेको छ । धेरै रक्सी पिउँदा यस उमेरका महिलाहरूमा यौन जीवनको सन्तुष्टिमा कमी आएको देखिएको छ । सर्वेक्षणमा समेटिएका १० प्रतिशत महिलाहरूले उनीहरूको यौन जीवनका कारण उनीहरू घर छाडेर आमाबाबुसँगै बाँचिरहेका छन् ।

यसका साथै न्युक्यास्टल युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ एण्ड सोसाइटीका प्राध्यापक साइमन फरेस्टले पनि यस विषयमा आफ्नो राय दिएका छन् । उनले बताएका छन् कि युवा पुरुषहरू आर्थिक रूपमा आफ्नो परिवारमा भर पर्छन् भने उनीहरूले आफ्नो परिवारकै साथमा बस्नुपर्छ । यसले उनीहरूको सम्बन्धमा पनि असर गर्छ। अन्वेषकहरूका अनुसार आजको इन्टरनेट युगमा अनलाइन अश्‍लील सामग्री सजिलै देख्न सकिन्छ, यसले घनिष्ट सम्बन्धलाई पनि असर गर्छ ।

अन्वेषकहरूका अनुसार आजको इन्टरनेटको युगमा अनलाइनमा अश्‍लील सामग्री सजिलै देख्न सकिन्छ, यसले घनिष्ट सम्बन्धलाई पनि असर गर्ने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment