३ वैशाख, काठमाडौं । कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।
भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’
कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4