Comments Add Comment

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

फाइल तस्वीर

४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल झापाबाट काठमाडौं फर्किए लगत्तै प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार, यी दुई नेताबीच कोटेश्वरमा केहीबेर कुराकानी भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेता नेपाल निकट सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएको भोलिपल्टै नेपाल र प्रचण्डबीच भेटवार्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment