+
+
Shares

मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते १७:१७

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो ।

विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिए ।

यसअघि मलेसियाबाट दुई पटक १२ र १८ वटा शव ल्याइएको थियो । ‘मलेसियामा अझै ४ वटा शब ल्याउन बाँकी छ,’ उनले भने,’साउदीबाट पनि १३ वटा शब ल्याउनुपर्ने छ ।’

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ८८१ जना विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई बोर्डले क्षतिपूर्ति रकम दिलााएको छ । यो आर्थिक वर्षमा ७५० मात्रै शव आउने अनुमान गरेको यो वर्ष दोस्रो चौमासिकसम्म अनुमानभन्दा बढी श्रमिकको परिवरलाई क्षतिपूर्ति दिनुपरेको हो ।

मृतक परिवारलाई क्षतिपूर्ति दिन बोर्डले यो वर्ष ५२ करोड ५० लाख बजेट छुट्याएकोमा ५४ करोड ९८ लाख रूपैयाँ फागुनसम्म नै वितरण भइसकेको छ । बोर्डले विदेशमा जाँदा श्रमिकले जम्मा गर्ने वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति वितरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?