
४ वैशाख, काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सप्तरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कञ्चनरुप नगरपालिका–७ बलुवाका १९ वर्षीय सुनिलकुमार यादवलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवले किशोरीलाई बलात्कार गरी फरार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4