+
+
Shares

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते १८:१७

४ वैशाख, काठमाडौं । हतौडा प्रहारबाट बैतडीमा एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको शनिबार बिहान हत्या भएको हो ।

महेशको हत्या गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने २२ वर्षीय नारायण भुललाई प्रहरीले पक्राउ गरेको छ । खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?