Comments Add Comment

भारतका चर्चित साहित्यकार कोहलीको कोरोना संक्रमणबाट निधन

५ वैशाख, काठमाडौं । हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।

कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।

उनी सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो ।

कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment