Comments Add Comment

गुल्मीका ६ जना पत्रकार सम्मानित

५ वैशाख, गुल्मी । साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रममा गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई साझाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोलपाल अर्याल, कमल पौडेल र देवेन्द्र केसी छन् । उनीहरुलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कँडेल र रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सम्मानपत्र प्रदान गरेका थिए ।

साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका सल्लाहकार हिमशिखर रसाइलीले बताए । सम्मान तथा भित्तेपात्रो विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडियाभन्दा अनलाइन मिडियाले निकै फड्को मारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment