+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भारतमै कोरोना संक्रमण पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १६:३४

५ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । तर ढाँटेर आएको पाइएको छ । ‘गाउँ आउँदा कागजात च्यातेर फर्किएका रहेछन्,’ फोकल पर्सन रेग्मीले भने, ‘नेपालगञ्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो ।’

नेपालगञ्जमा रहँदा गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि शनिबार दुल्लु अस्पताल, दैलेख पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?