+
+
Shares

डाँका मुद्दामा संलग्न रहेको आरोपमा सुनसरीबाट ५ जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १७:४६

५ वैशाख, काठमाडौं । डाँका मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीबाट ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ३२ वर्षीय नमाजुद्दिन आलम, दुहबी नगरपालिका–६ छातावेली टोलका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगा गाउँपालिका–४ का ३० वर्षीय अजिम मियाँ, सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३६ वर्षीया सिर्जना चौधरी र सर्वन उराव रहेका छन् ।

सिर्जना चौधरीले आफ्नो घरमा २०७७ जेठ २३ गते मानिसहरु प्रवेश गरी घर तथा स्कूटर तोडफोड गरेको विषयमा आफ्नै काका ससुरा बर्जु गाउँपालिका–१ का सुभाष चौधरीलाई शंका गरी रिसइवी साँध्ने सोचले घटना गराएको प्रहरीको भनाइ छ ।

उनले आफ्नो पतिको हकमा रहेको पैत्रिक सम्पत्ति बेचबिखन गरी ३० लाख रुपैयाँ घरमै राखेको भनी २०७७ फागुन ६ गते राति सुभाषको घरमा गई सुभाष र उनका परिवारलाई कुटपिट गरी घरमा भएको ५४ हजार रुपैयाँ लुटेर लगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यसका साथै मिस फायर भएको १ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सुनसरीबाट १० दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?