५ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढ्दै गइरहेकोले वैशाख मसान्तसम्म वैकल्पिक सिकाइ प्रणालीमा जाने भएको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार कक्षा ८ र १० को पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वैशाख १५ सम्म सम्पन्न गर्नुपर्नेछ ।
यदि संक्रमणको दर फैलँदै गएमा आधारभूत तहको अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षाहरु विद्यार्थीलाई दिइएको परियोजना कार्यको मूल्यांङ्कन, यसअघि लिएको परीक्षाहरुको औसत अंक अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्यांङ्कन गर्ने गरी तयारी गर्न नगरपालिकाले आग्रह गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4