Comments Add Comment

भन्सार एजेन्टको परीक्षा जेठ २२ मा हुने

६ वैशाख, काठमाडौं । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दैछ । त्यसका लागि आवेदन दिएका परीक्षार्थीको लिखित परीक्षा भने आगामी जेठ २२ गतेका लागि निर्धारण गरिएको छ । भन्सार विभागले दुई दशकपछि पहिलो पटक भन्सार एजेन्ट थप गर्न लागेको हो । भन्सार विभागका अनुसार भन्सार जेठ २२ गते दिउँसो १ बजे हुने लिखित परीक्षाको परीक्षा केन्द्र भनेपछि प्रकाशित हुने छ ।

विभागका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । भन्सार एजेन्टले विभागको लाइसेन्सबिना काम गर्न पाउँदैनन् । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् । लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment